के तपाईं उद्यमी वा व्यवसायी हुनुहुन्छ ? वा तपाईँसँग कुनै पनि प्रकारका साना–ठूला उपयोगी सिपहरू छन्? होटल/रेस्टुरेन्ट, आईसीटी र इन्जिनियरिङ डिजाइन, सफ्टवेयर विकास, केटरिङ, घर, गाडी आदि मर्मत सम्भार गर्ने, चिकित्सा, कर्मकाण्ड वा ज्योतिष परामर्श सेवा दिने, उत्सव आदिमा मेकअप गरिदिने, सांस्कृतिक पहिरन आदि, वा अन्य कुनै पनि प्रकारका सेवा (दर्ता गरिएको कम्पनी हुनैपर्छ भन्ने छैन)? यहाँ सूचीबद्ध भएर आफ्नो सेवा वा व्यवसाय विस्तार गर्नको लागि आवश्यक विवरण पठाउनुहोस्।
परदेशी भूमिमा आप्रवासीका रूपमा बसिरहेका हामी नेपालीको आफ्नै मौलिक संस्कार र आवश्यकताहरू हुनु स्वाभाविक नै हो — ज्योतिष, पूजा–पाठदेखि खानेकुराको व्यवहार र सांस्कृतिक पहिरनहरू, घरको सिलिङमा साधारण बत्ती फिट गर्नेदेखि लिएर सुत्केरी मसाज गराउनेसम्म — जुन सेवा र सुविधा फिनल्याण्डका कुनै पनि प्लेटफर्महरूमा भेट्न सकिँदैन।
यो प्लेटफर्म हाम्रा यस्तै किसिमका मौलिक आवश्यकताहरूलाई हाम्रै नेपाली सेवा प्रदायक र उद्यमीहरूबीच रहेका सेवा, सिप र कौशलहरूद्वारा नै परिपूर्ति गर्ने कार्यमा समन्वय गर्ने उद्देश्य राख्दछ र जसको माध्यमबाट हाम्रो बीच नवप्रवर्तन र उद्यमशीलताको विकास होस् भन्नेमा केन्द्रित छ।
चाहे तपाईंले एउटा स्थापित कम्पनी सञ्चालन गर्दै हुनुहुन्छ वा कुनै व्यक्तिगत कौशल राख्नुहुन्छ, तपाईंले यहाँ आफ्ना सम्पूर्ण सेवाहरू र सिपहरू सूचीबद्ध गर्न सक्नुहुन्छ। जस्तै:
यसका लागि तपाईंको कम्पनी दर्ता गर्नैपर्छ भन्ने आवश्यक छैन — यदि तपाईंको हातमा कुनै सिप वा कौशल छ र तपाईंले कुनै सेवा प्रदान गर्न सक्नुहुन्छ भने, तपाईंलाई यहाँ स्वागत छ।
तपाईं कुनै सेवाहरू खोजिरहनु भएको छ? जस्तै:
अब सबै सिप, कौशल र सेवाहरू तपाईंको आफ्नै समुदायका मानिसहरूबाट केवल फोन वा व्हाट्सएप कलको भरमा तुरुन्तै उपलब्ध हुनेछन्।
सबै आवश्यक व्यवसायिक जानकारी एकै ठाउँमा। कुनै दर्ता शुल्क छैन, कुनै जटिल साइनअप प्रक्रिया छैन।
"समुदायद्वारा ❤️ समुदायका लागि।"
कतिपय अवस्थामा चाहेर पनि हामी एक अर्काको लागि सहयोग गर्न सकिरहेका छैनौं, किनकि हामी सबैका व्यक्तिगत स्रोत र साधनहरू सीमित छन्। तर हामी सबै मिलेर हाम्रो आफ्नै समुदायभित्रकै व्यक्ति वा संस्थाहरूबाट प्रदान गरिने सेवाहरू र सुविधाहरूको अधिकतम प्रयोग गरेर एक अर्काको लागि वास्तविक अवसर सिर्जना गर्न सक्छौं, जसले हाम्रो जीविकोपार्जनलाई मजबुत बनाउन सहयोग गर्नेछ — समुदायमा सँगै मिलेर गरिने साना–साना प्रयासहरूले सार्थक परिणाम ल्याउनेछन्।
हाम्रो संस्कृतिमा प्रसव पछिको मसाज (सुत्केरी हेरचाह) एक अभिन्न आवश्यकता हो। फिनल्याण्डमा आमा बन्नुहुने हाम्रा धेरै चेलीबेटीहरूले यसको अभाव खड्कीएको अनुभव गरेको हुनुपर्छ। यस्ता किसिमको मसाज गर्ने कला हाम्रा नजरमा तत्कालै कोही नदेखिएको हुन सक्छ, तर केही कोस टाढा नेपालबाट भर्खर फिनल्याण्ड आउनुभएकी अर्की चेलीमा उक्त सिप हुन सक्छ। कतिपय बेला अपर्झट आइपर्ने कुनै अपाइन्टमेन्ट वा कामका बखत अभिभावकहरूलाई केहि घण्टाको लागि अफ़्नो बच्चा रेखदेख गरिदिने मान्छे चाहिराखेको हुन्छ र जुन काम कुनै नयाँ आएका विद्यार्थी वा अंशकालिक काम खोजिरहेका व्यक्तिहरूले सजिलै गर्न सक्छन् । यसरि दुबै पक्षको सिप र आवश्यकतालाई जोड्न सकियो भने दुवैलाई फाइदा हुनेछ।
परदेशमा रहेकाले सम्पूर्ण सांस्कृतिक अभ्यासहरू पूर्ण रूपमा पालना गर्न नसके पनि, केही न्यूनतम संस्कारहरू जस्तै नवरान, घर पूजा आदि भने ठीकसँग गर्न सकिन्छ । तर जब समय आउँछ, पण्डितहरू भेट्टाउन निकै कठिन हुन्छ, र व्यक्तिगत सिफारिसको आधारमा विभिन्न व्यक्तिहरूसँग सम्पर्कको भरमा समाधान खोज्नुपर्ने अवस्था रहँदै आएको छ। त्यसर्थ, आवश्यक परेको बेला तत्कलै हाम्रो आफ्नै समुदायका पण्डितहरूसँग परिवारहरूलाई जोड्न यो प्लेटफर्मले मद्दत गर्न सक्छ।
के तपाई विश्वसनीय आईसीटी समाधान, सफ्टवेयर विकास, वा इन्जिनियरिङ डिजाइन सेवाहरू खोजिरहनुभएको छ? आफ्नै समुदायका विश्वसनीय बिज्ञहरु संग जोडिनुहोस्। तपाईंलाई आवसेक पर्ने हरेक किसिमका प्राविधिक विशेषज्ञता हामि माझनै रहेको तपाईंलाई थाहा नहुन सक्छ। यो प्लेत्फ़ोर्म मार्फ़त् हजुरले हाम्रै समुदायका प्रमाणित गुणस्तरीय सेवा प्रदायकहरू फेला पार्न सक्नुहुनेछ र जसबाट आपसी भरोसा र सामुहिक वृद्धि हुन्छ।
नयाँ घर किन्दा छतमा साधारण बत्ती फिट गर्नेदेखि लिएर, प्लम्बिङ समस्या, गाडी मर्मत, अचानक हिउँ परेपछि तुरुन्तै टायर बदल्नु पर्ने, वा नवीकरण जस्ता साना–ठूला कामहरूमा आफु संग उक्त सिप नहुँदा प्राय हामी धेरै नै रुह्मालिने गर्छौं। हामीमध्ये कतिपय नेपालमै मर्मत–सम्हार, गाडी मर्मत, प्लम्बिङ जस्ता कामसँग जोडिएको अनुभव लिएर आएका छौँ वा यहीँ आएर पनि सिकेका छौँ। फिनल्याण्डमा यस्ता सिपहरू धेरै महत्त्वपूर्ण हुन्छन्। यस्ता बेला यही प्लेटफर्मको माध्यमबाट हाम्रो आफ्नै समुदायका यस्तै सिप भएका साथी–भाइहरूले न्यूनतम शुल्कमा फोनको भरमै तुरुन्तै सहयोग गर्न सक्नेछन्।
हामी हाम्रो डायरेक्टरीलाई सार्वजनिक रूपमा उपलब्ध जानकारी र समुदायका स्वेच्छिक विवरणहरूको आधारमा निरन्तर परिमार्जन गर्दैछौँ। तपाईं स्थापित व्यवसायी हुनुहोस् वा आफ्नो सेवाको नयाँ सुरुआत गर्न खोजिरहनु भएका नयाँ उद्यमी—यहाँहरू सबैका लागि यो प्लेटफर्म निर्माण गरिएको हो। यहाँ सामेल भएपछि, आफूलाई आवश्यक परेको क्षेत्रमा समुदायका मानिसहरूले तपाईंको सेवा सहजै फेला पार्न र सम्पर्क गर्न सक्छन्। यसबाट तपाईंलाई नयाँ ग्राहक वर्गसँग जोडिन र तपाईंको व्यवसाय विस्तार गर्न सहयोग गर्नेछ।
Your privacy is protected. All information is handled according to GDPR, and you can request updates or removal of your data at any time. Read Privacy Policy
We gather business information from publicly available sources and voluntary submissions. While you're always in control of your listing, contact us to update or remove your information whenever you choose.
This directory is created by the community to help each other. By listing and using services here, we support one another and keep opportunities within our community.
Right now, listings are collected via Google Form and added manually. As a simple contact directory, we do not provide user logins or accounts. To update or remove your information, please contact us at hello@phoneroster.com
Listings and Legal Responsibility:
Company registration is not mandatory to be listed in this directory. However, all service providers are responsible for complying with Finnish legal rules, permits, and regulations when offering their services. We do not monitor or facilitate any transactions between service providers and service seekers, and we are not responsible for any legal issues or disputes that may arise from the use of the services listed here.
For more information, please read our Privacy Policy.